दफा
निजी स्वामित्वका प्राचीन स्मारक वा पुरातात्विक वस्तु लिन सक्नेः

(१) कसैले निजी स्वामित्वमा रहेका प्राचीन स्मारक वा पुरातात्विजक वस्तुहरू कुनै किसिमले हानी नोक्सानी गरेमा वा बेरूप पार्न खोमा पुरातत्व विभागले पंचकिर्ते मोल दिई लिन सक्नेछ । सम्बन्धित व्यक्तिले त्यस्ता प्राचीन स्मारक वा पुरातात्विक वस्तुहरू यथावत रूपमा संरक्षण गर्छु भनी पुरातत्व विभाग समक्ष सो विभागले तोकिदिए बमोजिम लिखत गरी संरक्षण गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम लिखत गरी सकेपछि पनि सम्बन्धित व्यक्तिले लिखतबमोजिम त्यस्ता प्राचीन स्मारक वा पुरातात्विक वस्तुहरूको संरक्षण नगरेमा पुरातत्व विभागले विना मोलमा ती प्राचीन स्मारक वा पुरातात्विक वस्तुहरू लिई आफ्नो नियन्त्रणमा राख्न सक्नेछ ।